प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास

सारांश

  • विराटनगर, १८ साउन ।
  •   पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मिश्रलाई आश्चर्य लाग्थ्यो ।
  • आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् ।

विराटनगर, १८ साउन ।  पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मिश्रलाई आश्चर्य लाग्थ्यो । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् । तर बिहीबार बुहारी र पत्नीलाई पन्छाउँदै भान्सा चहार्दै थिए । प्राविधिकले पाइपको अक्सिजन निखार्न पहिलो पटक उनकै भान्सामा सलाइ कोर्न लगाए । मि श्रले सलाइ कोर्दै चुल्होमा के पु¥याएका थिए ह्वारै आगो बल्यो ।

‘मलाई त विश्वासै लागेको थिएन, गोबरको शक्तिबाट आएको पाइपको ग्यासले खाना पकाउँला भन्ने विश्वास थिएन’, मिश्रले अनुुभव सुनाए । अहिले मिश्रको भन्सा कोठाबाट एजपी ग्यास विस्थापित भएको छ । बिहीबार पूर्ण परीक्षण सकिएपछि उनले नियमित यही ग्यास चुल्होमा पाकेको खाना खानेछन् । कति बिल उठ्छ घरबाहिर सबैले देख्ने गरी रोखेका स्थानमा रहेको मिटरले प्रस्ट देखाउँछ ।
३२ घरले बिहीबारदेखि पाइपबाट आएको ग्यासमा नियमित खाना पकाउँदै छन् । करिब १ वर्षअघिको योजना साकार हुँदा स्थानीय सुमनकुमार मण्डल पनि खुसी देखिन्छन् । ‘कमजोर आर्थिक अवस्था भएकाहरूका लागि त राहत भयो नि’, उनले भने, ‘अब बन्द, हड्ताल भयो भने पनि हामीलाइ चिन्ता नहुने भयो ।’

करिब ६५ लाखको लागतमा यो परियोजना सञ्चालन भएको हो । स्थानीय श्रीकृष्ण गौसेवा सदनले नेपाल ऊर्जा विकास कम्पनीको सहयोगमा करिब ८५ परिवारलाइ वैकल्पिक ऊर्जा पाइपमार्फत भान्सासम्म पु¥याउने लक्ष्य लिएको हो । पहिलो चरणअन्तर्गत ३२ परिवारमा ग्यास पाइप जडान गरिएको छ । लगातार काम भइरहेको परियोजनामा चाँडै अन्य घरधुरीमा पनि पाइप जोडिने कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले जानकारी दिए । गौशालादेखि हरेक उपभोक्ताको घरमा जमिनमुनि पाइप गाडी ग्यास पठाउने व्यवस्था गरिएको छ । चुल्होमा जोड्नुपूर्व ग्यासको मिटर राखिएको छ भने यसले कति खपत गरिन्छ सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुपर्ने हुन्छ।

एलपी ग्यासभन्दा एक सिलिन्डरबराबरको अर्थात् १४ केजी ग्यासको मूल्य ३ सय कम पर्न जान्छ । किफायती र भरपर्दोसमेत भएको हुँदा यसले उपभोक्तालाई राहत हुने उनको भनाइ छ । सुरुका एक वर्षसम्म कम्पनीले नै प्राविधिक सहयोग जुटाइदिने हुँदा बाँकी समयमा लािग स्थानीय प्राविधिक तयार पारिने कम्पनीको योजना छ । गौ सेवा सदनमा पाका गाई र बाच्छा बाच्छी गरी २ सय ५ चौपाया रहेका छन् । ०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको उक्त गौशालाबाट निस्किएको गोबर कसरी सदुुपयोग गर्ने भन्ने समितिले छलफल चलाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाइपबाट ग्यास पु¥याउने बताएपछि समितिले सोबारे चासो राखेको व्यवस्थापक सन्तोष यादव बताउँछन् । भरपर्दो सहयोगी दातालाइ गुहारेपछि अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने प्रोजेक्ट बनेको हो ।

गोबरलाई हरेक दिन ग्यास प्लान्टमा राखिन्छ । ग्यास बनेर भण्डार भएपछि सीधै सर्वसाधारणको भान्सामा पुुग्छ भने बाँकी ठोस पदार्थलाई खुला प्लान्टमा राखिन्छ । जैविक किरालाई खुवाएर कुहिने बनाएपछि ९० दिनमा कम्पोस्ट मल तयार हुन्छ । यसरी तयार भएको मल बजारमा प्रतिकेजी १२ रुपैयाँसम्म बिक्री हुने गरेको समितिले जानकारी दिएको छ । ५ सय गाई अट्ने क्षमता भएको गौशालामा थप गाई थपिने र वैकल्पिक ऊर्जाको क्षमतालाई पनि बढाउँदै जाने योजना रहेको यादवले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट, के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट, के विषयमा भयाे छलफल ?
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
सिरियाः विद्रोही समूहबीच झडप,१९ को मृत्यु
सिरियाः विद्रोही समूहबीच झडप,१९ को मृत्यु
असोज ५ गते सोमवारको राशिफल यस्तो छ
असोज ५ गते सोमवारको राशिफल यस्तो छ
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !

तपाईंले छुटाउनुभयो कि?