मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०८०
|
|
४० पटक हेरिएको
Shares
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार

सारांश

  • काठमाडौं।
  • मलेसियाको अध्यागमन विभागले यस वर्षको पहिलो १८ दिनमा देशभर ८ सय ७० अपरेसन गर्दा ४ हजार २६ जना गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको छ ।
  • अध्यागमन महानिर्देशक रुस्लिन जुसोहका अनुसार सोही अवधिमा विभागले ९ हजार १ सय ६९ विदेशीको निरीक्षण गरेको र १ हजार ४ सय ९७ गैरकानुनी आप्रवासीलाई आ–आफ्नो मुलुकमा फिर्ता गरेको बताए ।

काठमाडौं। मलेसियाको अध्यागमन विभागले यस वर्षको पहिलो १८ दिनमा देशभर ८ सय ७० अपरेसन गर्दा ४ हजार २६ जना गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको छ ।

अध्यागमन महानिर्देशक रुस्लिन जुसोहका अनुसार सोही अवधिमा विभागले ९ हजार १ सय ६९ विदेशीको निरीक्षण गरेको र १ हजार ४ सय ९७ गैरकानुनी आप्रवासीलाई आ–आफ्नो मुलुकमा फिर्ता गरेको बताए । विभागले अवैध आप्रवासीलाई रोजगारी दिने ४२ रोजगारदातालाई पनि पक्राउ गरेको महानिर्देशक जुसोहले जानकारी दिए ।

विभागले त्यहाँको बैदुरी अपार्टमेन्टमा छापा मारेर गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा महानिर्देशक जुसोहले भने, ‘अवैध आप्रवासीलाई काममा लगाइएका रोजगारदातालाई व्यक्ति बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २००७ लगायत अध्यागमन ऐनअन्तर्गत कारबाही गर्न सकिनेछ ।’

बैदुरी अपार्टमेन्टमा भएको अपरेसनमा रुस्लिनले विभागको राडारमा रहेका २ सय २० अवैध अध्यागमन हटस्पटमध्ये सो स्थान रहेको महानिर्देशक जुसोहले बताए ।

मध्यरातमा भएको अपरेसनमा ७ सय ५२ विदेशीको चेकजाँच गरिएको थियो भने पक्राउ पर्नेमा ५ सय ६१ आप्रवासीमध्ये बंगलादेशका २ सय ५, म्यानमारका २ सय, नेपालका ६५, इन्डोनेसियाका ४३, पाकिस्तानका ३८, श्रीलंकाका ३२ जना रहेका बताइएको छ ।

यस वर्ष मलेसियाले १ लाख गैरकानुनी कामदार पक्राउ गर्ने लक्ष्य राखेको जनाएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब ३ महिनासम्म कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिनेछ ।

‘हामी जुन मुलुकमा छौं, त्यस मुलुकको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार हुनुपर्नेछ,’ मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव तथा सूचना अघिकारी प्रेमबहादुर बुढथापाले भने ।

साथै कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत बुढथापाले बताए ।

पछिल्लो समय मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड अभियान तीव्र पारेसँगै सयौं नेपाली पक्राउ परेकाले गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्कन त्यहाँस्थित दूतावासले अनुरोध गर्दै आएको छ ।

मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेका पाइन्छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
वैदेशिक रोजगारीको नाममा उदयपुरमा मात्रै ३ दर्जन युवा ठगिए
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
Getting A Women Attention – 3 Simple Ways
शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल
शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल
पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया
पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा:
काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा: