पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान

सारांश

  • पोखरा।
  • आजवाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु भएकाे छ।
  • बिमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

पोखरा। आजवाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु भएकाे छ। बिमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोलि नै भुटान, थिम्पुका लागि उडान भर्नेछ। पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन्।

जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ। यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस-३१९ पोखरामा अवतरण गरेको थियो। सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो बिमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्याे बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो। तर, चीनवाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ।

विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ। सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रजात्राको शुभकामना दिदै प्रम ओलीले भने ‘यस्ता चाडपर्व नेपालका सांस्कृतिक पूँजि हुन्’
नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…
नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
आज साउन ३२ गते शनिबारको राशिफल यस्तो छ
एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता

तपाईंले छुटाउनुभयो कि?