प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै

सारांश

  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् ।
  • प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् ।
  • चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् । चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली एक महिनाभित्रै चीन भ्रमणमा जाने गरी दुवै देशको कूटनीतिक संयन्त्रमा छलफल भइरहेको छ । ज्ञवालीको भ्रमणमा कुनै ठोस सम्झौता हुने–नहुनेबारे अहिलेसम्म बेइजिङस्थित नेपाली दूतावास जानकार छैन । ‘परराष्ट्रमन्त्रीज्यू ३ देखि ८ वैशाखसम्म चीनको औपचारिक भ्रमणमा आउने तय भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका प्रवक्ता हरिश्चन्द्र घिमिरेले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘परराष्ट्रमन्त्रीज्यूको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर हुन्छ कि हुँदैन भन्ने जानकारी आइसकेको छैन । तर, उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी हुने प्रचलन नै हो, यसपटक पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली यसअघि ०७२ चैतमा चीन भ्रमणमा गएका थिए ।

ज्ञवालीले चीनसँग यसअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा चाँडै हस्ताक्षर हुने बताउँदै आएका छन् । बेइजिङमा परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी वाङ यीबीच ५ वैशाखमा औपचारिक वार्ता हुनेछ । सोही दिन परराष्ट्रमन्त्रीले चीनका एकजना शीर्ष नेतासँग भेटवार्ता गर्ने भनिएको छ, तर कोसँग भन्ने जानकारी चीनको विदेश मन्त्रालयले दिइसकेको छैन । ‘स्टेटलिडरसँग भेटवार्ता हुने भनिएको छ, तर कोसँग भन्ने जानकारी आइसकेको छैन,’ नेपाली दूतावासका प्रवक्ता घिमिरेले भने ।

परराष्ट्रमन्त्रीको भ्रमणटोलीमा मन्त्री हैसियतका राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयको चीन हेर्ने डिभिजन प्रमुख गणेशप्रसाद ढकाल, प्रमुख शिष्टाचार महापाल दीपक अधिकारी तथा अन्य मन्त्रालयका सहसचिव रहने बुझिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले ४ वैशाखमा नेपाली दूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा चिनियाँ बुद्धिजीवी, नेपालका लागि पूर्वराजदूत र पत्रकारसँग गोलमेच अन्तरक्रिया गर्ने पनि तय भएको छ । उनले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीतिबारे बोल्ने कार्यक्रम छ । उनले ७ वैशाखमा सिचुआन प्रान्तको छेन्दुस्थित सिचुआन विश्वविद्यालयमा सम्बोधन गर्नेछन् र ८ वैशाखमा स्वदेश फर्कनेछन् । ज्ञवालीले सन् २०१८ भित्रै नेपाल र चीनबाट शीर्ष नेताको भ्रमण हुने बताउँदै आएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
सरकारले गरेको निर्णयको आलोचना, पाखुरा सुर्कासुर्की
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति
चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति
डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री
डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा

तपाईंले छुटाउनुभयो कि?