फोहर र हिलो नियन्त्रणमा पहल थालिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
फोहर र हिलो नियन्त्रणमा पहल थालिने

सारांश

  • काठमाडौँ, १५ चैत  काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ ।
  • बुधबारदेखि यान्त्रिक कुचो (ब्रमुर) ले बढार्न थाले पनि आज यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट ठूलो परिमाणमा फोहर सडकमा जम्मा भएको महानगरपालिकाले जनाएको छ ।
  • एकातिर सफाइ गरिरहँदा अर्कातिर फोहर भित्रिरहने हुँदा नियन्त्रण गर्ने योजना बनाइएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ, १५ चैत  काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ । बुधबारदेखि यान्त्रिक कुचो (ब्रमुर) ले बढार्न थाले पनि आज यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट ठूलो परिमाणमा फोहर सडकमा जम्मा भएको महानगरपालिकाले जनाएको छ ।

एकातिर सफाइ गरिरहँदा अर्कातिर फोहर भित्रिरहने हुँदा नियन्त्रण गर्ने योजना बनाइएको महानगरपालिकाले जनाएको छ । अहिले सम्पदा र निजी आवास निर्माण भइरहेका स्थानबाट नियमितरूपमा धुलो र हिलो सडकमा आएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । उहाँका अनुसार धरहरालगायत विभिन्न स्थानमा निर्माण सामग्री सडकमा आउँदा सडकमा फोहर आइरहेको छ । उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पक्षलाई सडकमा फोहर आउन नदिनू भनेर ध्यानाकर्षण गरिरहेका छौँ ।”

पहिले अनुरोध गर्दासमेत अटेर गरेमा कारवाही प्रक्रिया अघि बढाइने प्रवक्ता डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले सडक सफा राख्न ब्रुमर चलाउँदा पनि अर्कातिर सडकमा धुलो र हिलो आइरहने हो भने महानगर सफा हुँदैन ।”

महानगरपालिकाले विभिन्न स्थान समेट्ने गरी रुट बनाएर बुधबारदेखि सडक सफा गर्न शुरु गरेको थियो । पहिलो दिन एकै रातमा १८ टन धुलो सङ्कलन गरेको थियो । गत फागुन २८ गते इटालीबाट पाँच बु्रमर काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन भारत झडप, एक भारतीय सैनिकको मृत्यु
चीन भारत झडप, एक भारतीय सैनिकको मृत्यु
दार्जिलिङबासिले छुट्टै अब छुट्टै राज्य माग्नुपर्छ : महेन्द्र पि लामा,
दार्जिलिङबासिले छुट्टै अब छुट्टै राज्य माग्नुपर्छ : महेन्द्र पि लामा,
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा
कोरोनाबाट आज २३ जनाको मृत्यु
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी

तपाईंले छुटाउनुभयो कि?