प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

सारांश

  • काठमाडौँ, १४ चैत ।
  • नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ ।
  • रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिनुभयो ।

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिनुभयो ।

भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने प्रधानमन्त्रीको दृष्टिकोण रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले खासगरेर भारतसँग पूर्वाधार विकासमा जोड दिएका छौँ ।” समयसीमाभित्रै सम्पन्न आयोजनामा केन्द्रित रहेर कुराकानी गरिने बताउँदै उहाँले भन्नुभयो, “भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, हवाई, विद्युत्, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, नेपालमा भ्रमणको तयारी भइरहेको छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब प्रधानमन्त्री ओलीले वैदेशिक लगानीको विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वाम गठबन्धनले चुनावमा जनता सामु गरेका प्रतिबद्धता अब सरकारले पूरा गर्नुपर्ने बताउँदै आगामी नीति तथा कार्यक्रममा देशले समृद्धि हासिल गर्ने गरी सरकारले आफ्ना योजना ल्याउनुपर्ने विचार राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शंकर शर्माले प्रधानमन्त्रीले आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिँदै नेपालको व्यापार घाटा भारतसँग भएका कारण स्वदेशी सामान बढीभन्दा बढी भारत निर्यात गर्ने गरी दृष्टिकोण राख्नुपर्ने बताउनुभयो ।
मुलुकमा पूँजीगत खर्च हुन नसकेको अवस्थामा रोजगारी सिर्जना नहुने हुँदा विकासका लागि सरकारले पूँजीगत खर्च बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए
लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
काठमाडौँ उपत्यकामा बिहिवार एकैदिन थपिए ३७७ कोरोना संक्रमित
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता
पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता

तपाईंले छुटाउनुभयो कि?