प्रधानमन्त्री ओलीले भने : म निराश छु’

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ः  प्रधानमन्त्री केपी शर्माले ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणमा गरिएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिबाट आफू निराश भएको बताएका छन्।
  • प्रदेश २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग मंगलबार भएको भेटमा प्रधानमन्त्रीले मुख्यमन्त्रीको वक्तव्यले देशको मानभन्दा अपमान भएको दोहो¥याएका हुन्।
  • उता प्रदेश २ को प्रदेशसभामा समेत सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतको उक्त वक्तव्यप्रति कडा आपत्ति जनाएका छन्।

काठमाडौं ः  प्रधानमन्त्री केपी शर्माले ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणमा गरिएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिबाट आफू निराश भएको बताएका छन्। प्रदेश २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग मंगलबार भएको भेटमा प्रधानमन्त्रीले मुख्यमन्त्रीको वक्तव्यले देशको मानभन्दा अपमान भएको दोहो¥याएका हुन्।

उता प्रदेश २ को प्रदेशसभामा समेत सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतको उक्त वक्तव्यप्रति कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले संसद्मा बोल्ने क्रममा पनि असन्तुष्टि व्यक्त गरेका थिए। ‘मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीज्यूको अभिनन्दनका क्रममा दिएको वक्तव्यले मलाई निराश तुल्याएको छ’, उनले भने, ‘देशको आन्तरिक राजनीतिक मुद्दाबारे विदेशीसामु बोल्दा देशको मानभन्दा अपमान हुन्छ।’

आगामी बजेटको सन्दर्भमा छलफल गर्न आएका प्रदेश २ का प्रतिनिधिसभा सांसदसँग प्रधानमन्त्रीले अभिनन्दन प्रसंग निकालेका हुन्। प्रधानमन्त्रीसँग छलफल गर्न प्रदेश २ बाट संघीय फोरम, राजपा, कांग्रेस र एमालेका २० जना प्रतिनिधिसभा सांसद बालुवाटार गएका थिए। प्रधानमन्त्रीसँग उनीहरूले मधेसका लागि विशेष बजेट व्यवस्था गरिदिन र संविधान संशोधन गर्नसमेत आग्रह गरे। छलफलमा संघीय फोरमका सांसद प्रदीप यादवले भने, ‘हामीले संशोधन गर्न आग्रह गर्दा प्रधानमन्त्रीज्यूले केही जवाफ नफर्काइ टाउको हल्लाउनु भयो।’

गत शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा गरिएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्रीले देशको संविधान विभेदयुक्त भन्दै मधेस उत्पीडनमा रहेको अभिव्यक्ति दिएकाले विवादमा परेका थिए। प्रधानमन्त्रीसँगको छलफलमा यादवसँगै लक्ष्मणलाल कर्ण, लीलानाथ श्रेष्ठ, प्रमिला यादव, सरिता गिरी यादव, रेणु मण्डललगायत सहभागी थिए।

प्रदेश २ का प्रतिनिधिसभा सांसदले आगामी आवको बजेट तयारी भइरहेकै बेला सोमबार अर्थमन्त्री र मंगलबार प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। उनीहरुले विकासको दृष्टिकोणबाट प्रदेशका ८ वटै जिल्ला पछाडि रहेकाले बजेटको प्राथमिकतामा राख्न माग गरेका थिए।

मधेसी सांसदले बजेटमा कृषि, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण, शिक्षा तथा खेलकुलगायत विभिन्न २४ विषय समावेश गरी मधेसलाई विशेष सम्बोधन गर्न माग गरेका छन्।

मधेसी सांसदसँग छलफलपछि प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा ओली नेतृत्वको सरकार मधेसीको विकासका लागि विभिन्न विशेष योजना बजेटमार्फत् सार्वजनिक गर्न सकारात्मक रहेको उल्लेख छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा मैथिलीमा ट्विट गर्दै मधेसी सांसदसँग छलफल गर्दा खुसी लागेको र मधेसको विकास गर्न आफू दृढ रहेको उल्लेख गरेका छन्।

मधेसी सांसदले बजेटमा कृषि, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण, शिक्षा तथा खेलकुलगायत विभिन्न २४ विषय समावेश गरी मधेसलाई विशेष सम्बोधन गर्न माग गरेको छलफलपछि जानकारी दिए।

प्रदेश २ विकास सूचकांकमा पछि परेको भन्दै प्रदेशलाई अन्नको भण्डार र औद्योगिक क्षेत्रका रूपमा विकास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको संघीय फोरमका नेता यादवले बताए। उनका अनुसार बन्द रहेका जनकपुर चुरोट कारखाना, वीरगन्ज कृषि औजार कारखाना र वीरगन्ज चिनी कारखानालगायत उद्योग आधुनिकीकरण गरी पुनःसंरचनासहित सञ्चालन गर्न र आठै जिल्लामा औद्योगिक क्षेत्र स्थापना गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Radhe Shyam Machamasi

    Hahaha Hawa Kura garcha yo buddha. Laag pacheka bekti kahileni niras hudaina. Marne awastha pugisakyo taipani Papi kaam garna pugeko chaina

    Comment Author

    Krishna Shrestha

    Namarda kp. K ko niras ni? Karbahi garer dekhauna tagat xa vane

    Comment Author

    Rk Paul Tmg

    Kp oli India ko dalal vaner thaha payo sabai vaner niras vako

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?