पदमार्ग निर्माण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पदमार्ग निर्माण

सारांश

  • म्याग्दी ३० असोज , जलजला गाउँपालिका–३ मल्लाजको डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण गरिएको छ ।
  • विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरी करिव रु नौ लाख नौ हजार ७५१ को लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण गरिएको हो ।
  • ढलान गरिएको उक्त पदमार्ग एक मिटर ६० सेन्टिमिटर फराकिलो रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनुभयो ।

म्याग्दी ३० असोज , जलजला गाउँपालिका–३ मल्लाजको डिलफाँटदेखि कोतघर जोड्ने पदमार्ग निर्माण गरिएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोग र मल्लाजका बासिन्दाको श्रमदान गरी करिव रु नौ लाख नौ हजार ७५१ को लागतमा ३०० मिटर पक्की पदमार्ग निर्माण गरिएको हो ।

ढलान गरिएको उक्त पदमार्ग एक मिटर ६० सेन्टिमिटर फराकिलो रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनुभयो । विकास नेपाल बेल्जियमको रु छ लाख ३३ हजार सहयोग र स्थानीयवासीले रु दुई लाख ७६ हजार ७५१ बराबरको श्रमदान गरेको सो विकास नेपालका प्रतिनिधि मौरीक्सले सोमबार उद्घाटन गर्नुभएको थियो ।

यसअघि सो संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३२ हजार ७७७ को लागतमा यसअघि बेनीको कालीपुलदेखि डिलफाँटसम्म एक हजार ३१५ मिटर सिढी र रेलिङसहितको पदमार्ग निर्माण गरिएकामा सो पदमार्गलाई विस्तार गरेर यसवर्ष कोतघरसम्म पु¥याइएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?