गोलाप्रथापछि पनि भूकम्प पीडितले सामान पाएनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
गोलाप्रथापछि पनि भूकम्प पीडितले सामान पाएनन्

सारांश

  • भीमसेन गाउँपालिका-८ (साविक बोर्लाङ गाविस)का भूकम्प पीडितले गोलाप्रथापछि पनि राहत सामग्री नपाएको खुलेको छ ।
  • गोरेटो गोरखा नामक गैरसरकारी संस्थाले पीडितलाई झुक्याएको हो ।
  • एक वर्षअघि संस्थाका कर्मचारी पीडितलाई राहत वितरण गर्ने बताउँदै गाउँ पुगेका थिए ।

भीमसेन गाउँपालिका-८ (साविक बोर्लाङ गाविस)का भूकम्प पीडितले गोलाप्रथापछि पनि राहत सामग्री नपाएको खुलेको छ ।

गोरेटो गोरखा नामक गैरसरकारी संस्थाले पीडितलाई झुक्याएको हो ।

एक वर्षअघि संस्थाका कर्मचारी पीडितलाई राहत वितरण गर्ने बताउँदै गाउँ पुगेका थिए । पीडितलाई ड्रम, भान्साका सामग्री, ड्रम र शौचालयका सामानमध्ये के लिने भनेर पनि सोधे ।

पीडित बलराम ढकालका अनुसार अधिकांशले ड्रम रोजे र नपुग्ने भएकाले गोलाप्रथा गरियो । गोलाप्रथा गरिएको तीन महिना बितिसक्दा पनि पीडितले ड्रम पाएका छैनन् ।

‘संस्थाले हामीलाई जिल्यायो,’ ढकालले भने, ‘गोलाप्रथा गरेर पीडितले लिने सामानको टुंगो लगाएर माइन्युट गरी गोरेटोको कार्यालयमा पठायौं तर अहिलेसम्म सामान आएको छैन ।’

संस्थाको ढिलाइले आफूलाई समेत हैरान बनाइसकेको वडाध्यक्ष वासु थापाले बताए । ‘पीडितहरुले किन नबाँडेको भनेर सोधिरहन्छन् । मसँग जवाफ छैन,’ थापाले भने ।

संस्थाका कर्मचारी पवनरमण खनालले वर्षातका कारण सामान लान नसक्दा ढिलाइ भएको बताए । ‘केही दिनअघि सामान लान खाजेका थियौं, गाउँपालिका अध्यक्षले अहिले वितरण नगर्नु भन्नुभयो,’ खनालले भने । अब छिटै वितरण हुने उनको दाबी छ ।

त्यस क्षेत्रमा करिब तीन सय घरधुरीपीडि  छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?