नेपाली फुटबलमा नयाँ खेलाडी आउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नेपाली फुटबलमा नयाँ खेलाडी आउँदै

सारांश

  • काठमाडौँ ।
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली फुटबल क्षेत्रमा नयाँ युग शुरु भएको बताउँदै नयाँ खेलाडी आउने बताएका छन् ।
  • शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले लामो समयदेखि लिग नहुँदा नेपाली फुटबलको स्तर खस्किएको र लिगले नयाँ नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली फुटबल क्षेत्रमा नयाँ युग शुरु भएको बताउँदै नयाँ खेलाडी आउने बताएका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले लामो समयदेखि लिग नहुँदा नेपाली फुटबलको स्तर खस्किएको र लिगले नयाँ नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । “नेपालको खेल क्षेत्रको विकास र समृद्धिका लागि सरकार तयार छ, स्पष्ट योजनाका साथ अगाडि बढ्नुस्, सरकार एन्फालाई सहयोग गर्न तयार छ” मन्त्रीले भने ।

खेलकूदका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै पछिल्ला दिनमा वर्षौँदेखि समाधान हुन नसकेका महत्वपूर्ण समस्या समाधान गर्न सफल भएको बताए ।

“लामो समयदेखि लिग नुहँदा नयाँ खेलाडी पलायन हुनुपरेको छ, अब त्यस्ता दिनको अन्त्य गछौँ,” मन्त्रीले भने । लिग संयोजक विज्ञानराज शर्माले प्रतियोगितालाई ऐतिहासिक बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै लिगलाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?