प्रधानमन्त्री ओली कतारको दोहामा
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा पुगेका छन् ।
- प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा डा रमेशप्रसाद कोइराला तथा दूतावासका कर्मचारीले स्वागत गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा डा रमेशप्रसाद कोइराला तथा दूतावासका कर्मचारीले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत रहेका छन् ।
भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया