नेपालकाे विजयी यात्रा जारी, अन्तिम खेल बलियाे टाेलीसँग !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ, २५ असाेज ।
  • टि ट्वान्टि विश्क कपकाे पहिलाे छनाेट प्रतियाेगिता खेलिरहेकाे नेपालले अाफ्नाे विजय या कायमै राखेकाे छ ।
  • बुधबार भएकाे खेलमा नेपालले कमजाेर चीनमाथी १० विकेटकाे सहज जित निकाल्याे ।

काठमाडाैँ, २५ असाेज । टि ट्वान्टि विश्क कपकाे पहिलाे छनाेट प्रतियाेगिता खेलिरहेकाे नेपालले अाफ्नाे विजय या कायमै राखेकाे छ । बुधबार भएकाे खेलमा नेपालले कमजाेर चीनमाथी १० विकेटकाे सहज जित निकाल्याे । चीनकाे याे पाँचाै हार थियाे भने नेपालकाे पाँचाै जित । मात्र २६ रनकाे लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाइ ११ बलमा भेटेकाे थियाे ।

नेपालले अाफ्नाे अन्तिम खेल सिंगापुरसँग खेल्दैछ । सिंगापुरले पनि प्रतियाेगिताका सबै खेलमा जित हात पारेकाे छ । तुलनात्मक रुपमा सिंगापुर अन्य टाेलीभन्दा बलियाे देखिएकाे छ । र नेपाललाई राम्राे चुनाैति दिन सक्छ । समान १० -१० अंक भएपनि नेटरन रेटका अाधारमा नेपाल अंकतालिकाकाे शिर्ष स्थानमा छ । नेपाल र सिंगापुर अर्काे चरणकाे छनाेट प्रतियाेगितामा प्रवेश गरिसकेका छन् भने अर्काे एउटा टाेलीकाे टुङ्गाे लाग्न बाँकी छ । विहिबार हुने खेलकाे विजेताले प्रतियाेगिताकाे उपाधी उचाल्ने छ ।

प्रतियाेगितामा नेपालका सन्दिप लामिछानेले सर्वाधिक २० विकेट लिएका छन् । मात्र ५ खेलबाट उनले २० विकेट लिएका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?