प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
सारांश
- काठमाडौं, २ चैत- प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ ।
- प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।
- समाचारमा लेखिएको छ, अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए ।
काठमाडौं, २ चैत- प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।
समाचारमा लेखिएको छ, अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए । आजको समाचारपत्र दैनिकमा खबर छ ।
दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो ।
पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए ।
एमालेका एक नेताका अनुसार,
-सपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो ।
-कुन मन्त्रालय हो टुंगो लागेको थिएन ।
-शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो ।
-त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको छ ।
रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए । तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिनुभएको एमालेका एक नेताले बताए ।
Arjun Budhathoki
यी दुबै नेता देश र जनतालागि घातक हुन।
Arjun Banjara
बकमफुसे समाचार
Bhattarai Bhawani Prasad
के को पद चाहियो ! त्यागी भएर देश बिकाश गर्न छाडेर !