फेरी गयो ४.१ रेक्टर स्केलको भूकम्प !
सारांश
- काठमाडौं, १८ जेठ ।
- शुक्रबार फेरी भुकम्प गएकाे छ ।
- अपरान्ह गोरखा जिल्लालाई केन्द्रबिन्द बनाएर ४.
काठमाडौं, १८ जेठ । शुक्रबार फेरी भुकम्प गएकाे छ ।
अपरान्ह गोरखा जिल्लालाई केन्द्रबिन्द बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार अपरान्ह २ः१७ बजे गोरखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
केन्द्रले आजको भूकम्पको धक्कालाई यसअघि २०७२ बैशाख १२ मा गएको पराकम्पकै ४९५ औं श्रृंखला भएको जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत सामान्य महसुस गरिएको थियो ।
उता, हिजो दैलेखलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । बिहिवार राति ९ः४५ बजे दार्चुलामा भुकम्पको धक्का दिँदा सुतेका मानिसहरु डराएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया