कुकुरलाई आत्महत्या गर्न उक्साउँने पुल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३०, २०७६
|
|
२० पटक हेरिएको
Shares
कुकुरलाई आत्महत्या गर्न उक्साउँने पुल

सारांश

  • काठमाडौंं, असार ३० , संसारमा एउटा यस्तो पनि पुल छ जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ ।
  • पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् ।
  • भाग्यवश कुकुर बाँच्यो भने पनि फेरि पुलमा चढ्छ र हाम्फाल्छ ।

काठमाडौंं, असार ३० , संसारमा एउटा यस्तो पनि पुल छ जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ । पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् । भाग्यवश कुकुर बाँच्यो भने पनि फेरि पुलमा चढ्छ र हाम्फाल्छ ।स्कटल्यान्डको डम्बार्टननजिक मिल्टन गाउँको ओभरटन पुल सन् १९६० को दशकदेखि मानिसहरूका लागि रहस्य बनेको छ । अहिलेसम्म यहाँ करीब ६ सय कुकुरले आत्महत्या गरिसकेका छन् ।कुकुरको आत्महत्यामाथि विचार गरेर स्थानीयहरूले चेतावनीयुक्त बोर्ड पनि पुलमा लगाए । अनि अचम्मको कुरा कुकुरहरू पुल एक निश्चित ठाउँबाट नै हाम्फालेर मर्छन् । केही मानिस पुलमा दुरात्माहरूको छायाँ भएको मान्छन् ।

मानिसका अनुसार, एक व्यक्तिले ओभरटन पुलबाट आफ्नो बच्चा तल फ्याँकेको थियो । त्यो बच्चा एन्टीक्राइस्ट भएको अनि बच्चा फ्याँकेको केही महिनापछि उक्त व्यक्तिले पनि आत्महत्या गरेको उनीहरू मान्छन् ।अर्काथरी चाहिँ यहाँ जिउँदो र मृत मानिसको संसारको मिलन भएको र दुवैतिरका शक्तिहरू क्रस हुने बताउँछन् ।कुकुरहरूले मानिसले नदेख्ने कुरालाई राम्ररी अनुभव गर्छन् । यी सबै घटनाका कारण पुलमा बोर्ड टाँगेर कुकुरहरूलाई सावधान रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?