प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !

सारांश

  • काठमाडौं १४ जेठ ।
  • प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९विप्लव समूह० ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साता अघि नै रिपोर्टिङ गरेको थियो ।
  • विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहर केन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए ।

काठमाडौं १४ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९विप्लव समूह० ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साता अघि नै रिपोर्टिङ गरेको थियो ।विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहर केन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाल विभाग प्रधानमन्त्री कार्यालय मातहत नै छ ।

राष्ट्रिय अनुसन्धान विभाग नेपालको प्रमुख गुप्तचर निकाय हो । त्यसले अहिले हरेक सूचना संकलन गरेर प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गर्ने गरेको छ । सो विभागले प्रत्येक दिन खामबन्दी रिपोर्ट प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई बुझाउने गरेको छ । रिमाललाई बुझाइने रिपोर्ट नै गृह मन्त्रालयमा पनि खामबन्दी गरेर पठाइन्छ । तर गम्भीर चासोको विषयबारेको सूचना भने विभागीय प्रमुख अधिकारीले मुख्यसचिवलाई पनि दिने गरेका छन् ।

स्रोतका अनुसार भोजपुरमा प्रहरी कारवाहीमा गोली लागेर तीर्थराज घिमिरेको मृत्युदेखि नै उनीहरु राजधानी र देशका ठूला सहर केन्द्रित गतिविधिमा संलग्न थिए । तर यो विषयलाई प्रधानमन्त्री कार्यालयले बेवास्ता गरेको र राष्ट्रिय अनुसन्धानको सूचनालाई कमजोर ठानेकाले काठमाडौंमा विस्फोटको घटना भएको स्रोतको दावी छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?