११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

सारांश

  • काठमाडौं।
  • प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ।
  • राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्‍याएकाे अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ।

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्‍याएकाे अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ। आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ।

विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन्। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।

भारत निर्वासनमा रहँदा बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए। जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो।

विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।

क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?