आरजु हार्दा धेरैको सपना चट् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आरजु हार्दा धेरैको सपना चट् ?

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाको शासनमा हैकम जमाउँदैआएकी आरजु राणाको पराजयपछि धेरैको सपना चकनाचुर भएको छ ।
  • वैदेशिक रोजगार विभागको महानिर्देशक भएर अथाह सम्पत्ति कमाउने सपना देखेका बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेको सपना पनि तुहिएको छ ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको शासनमा हैकम जमाउँदैआएकी आरजु राणाको पराजयपछि धेरैको सपना चकनाचुर भएको छ ।

वैदेशिक रोजगार विभागको महानिर्देशक भएर अथाह सम्पत्ति कमाउने सपना देखेका बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेको सपना पनि तुहिएको छ ।
कांग्रेस पार्टीमात्र होइन, उनकी शक्तिकी स्रोत राणा हारेपछि उनको महानिर्देशकको यात्रा अवरुद्ध भएको छ । आरजु हारेपछि श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले विभागको महानिर्देशकमा राजकुमार श्रेष्ठलाई खटाइसकेका छन् ।

तेजराजले विश्वराज पाण्डे पक्राउ पर्नासाथ आरजुसँग सबै मोलतोल मिलाइसकेका थिए । तर कांग्रेसमात्र होइन, आरजु पनि हारेपछि उनको योजना भताभुङ्ग भएको छ । डडेलधुराका कांग्रेस कार्यकर्ताको रुपमा चिनाउने तेजराज अहिले पुनः रङ बदलेर एमाले र माओवादीका नेताहरुकोमा धाउन थालेका छन् ।

श्रम मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भए पनि हरेक बेलुका काठमाडौं कार्यालय ताहाचलमा घुसको भाग लिन पुग्ने गरेका छन् पाण्डे । उनले गत असोज १४ मा सरुवा भएका कर्मचारीलाइ रमाना नदिई राखेका छन् । २ बर्ष पुगिसकेका कर्मचारीलाई पनि घुस लिएरै सरुवा गर्न नदिन तेजराज ठाउँ ठाउँमा धाउने गरेका छन् । दृष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?