प्रधानमन्त्री देउवाका लागि १ रुपैयाँ चन्दा मागिंदै
सारांश
- कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा ब्रह्मलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले व्यंग्यस्वरुप प्रधानमन्त्री देउवाका लागि रू.
- १ चन्दा संकलन अभियान सुरू गरेको छ।
- क्रान्तिकारीले आइतबार देखि नै उपत्यका लगायत देशका सबै प्रमुख शहरमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा ब्रह्मलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले व्यंग्यस्वरुप प्रधानमन्त्री देउवाका लागि रू. १ चन्दा संकलन अभियान सुरू गरेको छ।
क्रान्तिकारीले आइतबार देखि नै उपत्यका लगायत देशका सबै प्रमुख शहरमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
बस्नेतले भने-‘ प्रधानमन्त्रीलाई आफ्ना कार्यकर्ताको भरणपोषण गर्न राज्यको ढुकुटी रित्याउँदा पनि नपुग्ने देखेर हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौं।’ देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरे।अन्नपूर्ण पोस्ट बाट
उत्तम घिमिरे
अख्तियारकाे दृष्टि पुगाेस् । याे चन्दामा पनि भ्रष्टाचार हुन सक्छ । 😀
Keshav Neupane
राम्रो कामको शुरुवात