नेपाल एसिया कपमा छनोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३२ पटक हेरिएको
Shares
नेपाल एसिया कपमा छनोट

सारांश

  • एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ ।
  • अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।
  • युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पूरा गरे । गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए ।

एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालविरुद्ध युएई १ सय १७ रनमा अलआउट भएको थियाे । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।

युएई ३३ दशमलब १ बलमा १० विकेट गुमाएर १ सय १७ रन बनाएकाे थियाे । युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एफएममा मजदूर दिवसकै दिन महासंघको कालो ब्यानर
नेपाल एफएममा मजदूर दिवसकै दिन महासंघको कालो ब्यानर
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गयो
शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गयो
वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा
वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा
राजधानीमा मात्र ३ करोडको तरुल
राजधानीमा मात्र ३ करोडको तरुल
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्

तपाईंले छुटाउनुभयो कि?