इलामको २०० औँ बार्षिकोत्सव मनाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
इलामको २०० औँ बार्षिकोत्सव मनाइने

सारांश

  • इलाम, १५ फागुन , इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ ।
  • विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ ।
  • भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो ।

इलाम, १५ फागुन , इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ ।

विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर हालको सदरमुकाम स्थापना भएको २०० औँ बार्षिकोत्सव मनाउन लागिएको हो ।

वर्षगाँठको अवसरमा २०७५ साल वैशाख १ गतेदेखि तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाउने निर्णय भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । ‘हाम्रो इलाम, हाम्रो गौरव’ भन्ने मूलनाराका साथ वर्षगाँठ मनाउन लागिएको हो ।

वर्षगाँठ समारोहको उद्घाटन राष्ट्रपतिबाट गराइने तयारी गरिएको समेत नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा २०० वर्ष पुगेको झल्को दिने प्रतीकसहितको स्तम्भ राख्ने, इलामका बारेमा जानकारी दिन विचार गोष्ठी, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम, इलामको विकासमा योगदान पु¥याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाले जनाएको छ । बार्षिकोत्सव मनाउन नवराज शंकरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा संयोजन समितिसमेत गठन भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड
राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमिति बस्दै
राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमिति बस्दै
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
गाउँ, नगरका प्रमुख, उपप्रमुखसहित १६ सयलाई पुग्यो अख्तियारको कार्वाही पत्र, जिल्ला सहित
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!
शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व
शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व