सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सारांश
- सिन्धुली।
- असोज ११ र १२ गते सुनकोशी नदिमा आएको बाढीका कारण भत्किएको सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माणको काम शनिबारदेखि सुरु भएको छ ।
- मध्यपहाडी राजमार्गमा पर्ने र सिन्धुली रामेछाप जोड्ने यो पुलको निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।
सिन्धुली। असोज ११ र १२ गते सुनकोशी नदिमा आएको बाढीका कारण भत्किएको सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माणको काम शनिबारदेखि सुरु भएको छ ।
मध्यपहाडी राजमार्गमा पर्ने र सिन्धुली रामेछाप जोड्ने यो पुलको निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले पुलको सर्वेक्षणको काम शुक्रबार हेलिकप्टरबाट गरेको थियो ।
हेटौडाबाट बेलिव्रिजको सामान लिएर हिडेका गाडी शनिबार दिउँसो खुर्कोटमा पुगेपछि निर्माणको काम सुरु भएको हो । अस्थायी रुपमा यातायात सञ्चालनका लागि सरकारले बेलिव्रिज निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो ।
बाढीले सुनकोशी नदीमा रहेको पक्किपुल रामेछापतर्फको आधा भाग बगाएको थियो । रामेछाप तर्फको पुलको मुख्य पिलर भने बाढीले बगाएको छैन । यो पुल रामेछापको लाईफलाईनका रुपमा पनि लिईन्छ । दशैं अगाडि नै पुल सञ्चालनमा ल्याउने गरि पुल निर्माणको काम सुरु गरिएको छ ।
petloverhaven
Thank you I have just been searching for information approximately this topic for a while and yours is the best I have found out so far However what in regards to the bottom line Are you certain concerning the supply
british-iptv-uk
Thanks I have just been looking for information about this subject for a long time and yours is the best Ive discovered till now However what in regards to the bottom line Are you certain in regards to the supply