प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
५९ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

सारांश

  • १ पुष, काठमाण्डौ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
  •   औपचारिक रुपमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएलगत्तै देउवा पादमुक्त भएको बताउँदै जोशीले अहिले काम चलाउका रुपमा देउवाले प्रधानमन्त्रीको काम गरिरहेको बताए ।

१ पुष, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

औपचारिक रुपमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएलगत्तै देउवा पादमुक्त भएको बताउँदै जोशीले अहिले काम चलाउका रुपमा देउवाले प्रधानमन्त्रीको काम गरिरहेको बताए ।

संवैधानिक व्यवस्था अनुसार पदमुक्त भइसकेको जानकारी दिदै जोशीले भने, “पदमुक्त भइसकेको प्रधानमन्त्रीले राजिनामा दिनै पर्दैन । राजिनामा भनेको पदमुक्त हुने हो । पदमुक्त उहाँ भइसक्नुभएको छ । एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”

नयाँ सरकार गठनका लागि सरकारले वातावरण बनाएको दाबी गर्दै जोशीले निर्वाचन आयोगले अन्तिम मत नतिजा नै घोषणा नगरेको अवस्थामा प्रधानमन्त्री देउवाले राजिनामा दिदैमा नयाँ सरकार नबन्ने जानकारी उनले गराए ।

प्रधानमन्त्री देउवाले सत्ताको आयु लम्ब्याउन नचाहेको जिकिर गर्दै निर्वाचन गराउनका लागि प्रधानमन्त्री बनेका देउवा निर्वाचन सम्पन्न गराएर बाहिरिने बताए ।
स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सकिए पनि राष्ट्रिय सभाको चुनाव बाँकी नै रहेको बताउँदै सचिव जोशीले राष्ट्रिय सभाको चुनाव नभएसम्म देउवाको जिम्मेवारी पूरा नहुने बताए ।

 रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एसबाट भुसाल र ज्वाला मन्त्री हुँदै
नेकपा एसबाट भुसाल र ज्वाला मन्त्री हुँदै
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
किसानलाई दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन
किसानलाई दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
दुई दिने भारत बन्द आह्वान, बैकिङ युनियनको पनि ऐक्यबद्धता
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
नारायणगढ-मुग्लिन सडकः पहिरो पन्छाउन पाँच-छ घण्टा लाग्ने
नारायणगढ-मुग्लिन सडकः पहिरो पन्छाउन पाँच-छ घण्टा लाग्ने
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति