ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
४५ पटक हेरिएको
Shares
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ

सारांश

  • नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा भएका ठूला ठूला पार्टीहरू मिलेर एमालेको लोकप्रियता कमजोर बनाएर हराएको टिप्पणी गरेका छन्।
  • लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङ प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन खोजेपनि गण्डकीमा पहिलो नम्बर पार्टी भएको दाबी गरे।
  • सत्तामा बसेर पैसाको खोलो बगाएर गठबन्धनका दलहरुले चुनाव जितेको बताए।

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशमा भएका ठूला ठूला पार्टीहरू मिलेर एमालेको लोकप्रियता कमजोर बनाएर हराएको टिप्पणी गरेका छन्। लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङ प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन खोजेपनि गण्डकीमा पहिलो नम्बर पार्टी भएको दाबी गरे।

सत्तामा बसेर पैसाको खोलो बगाएर गठबन्धनका दलहरुले चुनाव जितेको बताए। पैसाको दुरुपयोग गरेर प्रहरी प्रशासनको सेटिङमा चुनाव जितेको गुरुङले आरोप लगाए। ‘सेटिङ गरेर गठबन्धन उम्मेदवार जिताउने काम भयो। सत्ताको दुरुपयोग गरेर पैसाको खोलो बगाएर जनतालाई किन्ने प्रयास भयो। प्रहरी प्रशासन दुरुपयोग गरेर सेटिङ गरियो’ गुरुङले भने, ‘तर एमाले पैसा होइन विचार र राजनीतिलाई महत्व दिन्छ। इमान निष्ठालाई ध्यान दिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?