ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २९, २०७७
|
|
५१ पटक हेरिएको
Shares
ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको आरोप लगाएका छन् ।
  • आज (आइतबार) काठमाडौंमा आयोजित जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
  • उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै अहिलेपनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको आरोप लगाएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै अहिलेपनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । उनले भने,‘असंवैधानिक कदम चालेका प्रधानमन्त्री अदालतले संसद पूनःस्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने र संसदीय ब्यवस्था नै गलत हो भनेर जनतामा स्थापित गराउन संसद्को उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेका छन् ।’उनले प्रधानमन्त्री ओलीलाई संसद्मा उभिएर आफ्नो प्रयास सकारात्मक थियो अर्थात् संसद बिघटन जायज हो भनेर स्पष्टीकरण दिनसमेत चूनौति दिएका छन् । उनले प्रधानमन्त्री ओलीले विभिन्न बहानाबाजी गरेर संसद् छल्न संसदको आवश्यकत्ता नै छैन भन्दै हिँडेकोप्रति पनि कडा आपति व्यक्त गर्दै संसद्मा उपस्थित् हुन प्रधानमन्त्रीलाई चुनौती समेत दिएका छन् ।

उनले नभएको विकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताए । उनले भने,‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभएको विकास भयो भनेर जनताको मत र बिश्वास माथी खेलवाड गरि रहेको छ ।’ साथै, नेता सिंहले कम्युनिस्टहरुको मुखमा रामराम बगलीमा छुरा हुने गरेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने
भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
मन्त्री यादव एक्शनमा, गलत गर्नेलाई नछोड्ने
मन्त्री यादव एक्शनमा, गलत गर्नेलाई नछोड्ने
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !
८ वटा मतदान केन्द्र सम्पर्कविहिन
८ वटा मतदान केन्द्र सम्पर्कविहिन
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !
नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवारपनले यात्रुहरु अलपत्र !