छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

सारांश

  • ताप्लेजुङ, ११ मङ्सिर, पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।
  • विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।

ताप्लेजुङ, ११ मङ्सिर, पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।

यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका शेर्पालाई कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?