प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

सारांश

  • जनकपुरधाम, १८ वैशाख , गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ ।
  • भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो ।
  • उहाँले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताउनुभयो ।

जनकपुरधाम, १८ वैशाख , गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताउनुभयो । गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गर्नुभयो । गृहमन्त्री बादलले एक प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको छ भन्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kancha Tamang

    फेरि धोतिले धार्मिक र सांस्किंतिक को नाममा कान फुक्ने भो नेताहरुको

    Comment Author

    Rk Paul Tmg

    Griha mantri jyoo please hami Nepali lai murkha banaune kam nagarnus modi kutta kin Nepal audaixa sabai Nepali lai ramro Sanga thaha xa tapai mantri jasto manxe le jhut nabolnus Kp oli jasto jhutta rastrabad le khola nala upahar dinu lagdaixa modi kutta lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?