हवाई कारबाहीमा ५३ तालिवान आतङ्ककारी मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काबुल, ५ भदौ ।
  • उत्तरी अफगान प्रान्त कुन्दुजको आक्तास जिल्लामा भएको अफगान सैनिकको कारबाहीमा ४८ जना तालिवान मारिएको समाचार छ ।
  • उक्त क्षेत्रमा तालिवानहरू लुकेर बसिरहेको सूचनाको आधारमा सो कारबाही गरिएको समाचारमा जनाइएको छ ।

काबुल, ५ भदौ । उत्तरी अफगान प्रान्त कुन्दुजको आक्तास जिल्लामा भएको अफगान सैनिकको कारबाहीमा ४८ जना तालिवान मारिएको समाचार छ ।

उक्त क्षेत्रमा तालिवानहरू लुकेर बसिरहेको सूचनाको आधारमा सो कारबाही गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सोमबार भएको एक हवाई कारबाहीमा कम्तीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन ।

अफगान सेनाको विशेष बलले गरेको यस कारबाहीमा ती तालिवान मारिएका सेनाले जानकारी दिएको छ । नान्र्गाहार प्रान्तको सिर्जाद जिल्लामा तालिवाको आखडा लक्षित आक्रमणमा ती आतङ्ककारीहरू मारिएको सैनिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?