यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द

सारांश

  • काभ्रेको बनेपा-१० जनागालमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि  तनाव भएको छ ।
  • स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रर्दशन गरिरहेका छन् ।
  •   अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु हुंदा स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रर्दशन गरेका हुन ।

काभ्रेको बनेपा-१० जनागालमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि  तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रर्दशन गरिरहेका छन् ।

 

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु हुंदा स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रर्दशन गरेका हुन ।

विष्टको मृत्यु भएको उनका अाफन्तले पुष्टि गरेका हुन् ।

ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?