प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रमुख निर्वाचन आयुक्त थपलियालाई एमालेको सदस्य भएको आरोप

सारांश

  • काठमाडौं ।
  • प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया र समावेशी आयोगमा विष्णुमाया ओझा अनुमोदन भएका छन् ।
  • बुधबारको संसदीय सुनुवाइ समितिले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मतले अनुमोदन भएका हुन् ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया र समावेशी आयोगमा विष्णुमाया ओझा अनुमोदन भएका छन् । बुधबारको संसदीय सुनुवाइ समितिले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मतले अनुमोदन भएका हुन् ।

समितिको बैठकले उपस्थित भएका थपलियालाई पूर्व एमालेको सदस्य भएको आरोप लगाइएको थियो । उनले आफू कुनै पार्टीको सदस्य नभएको स्पष्टिकरण दिएका थिए । उनी विरुद्ध ६ वटा उजुरी परेका थिए । ओझा विरुद्ध भने कुनै उजुरी परेका थिएनन् ।

गत चैत ११ गते संवैधानिक परिषदले प्रमुख आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका थपलियालाई सिफारिस गरेको थियो। समावेशी आयोगको अध्यक्षमा भएकी ओझा गैरसकारी संस्था महासंघमा आवद्द रहेकी थिइन् ।

प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन भैसकेका थपलियाले छिट्टै रिक्त रहेका स्थानमा उपचुनाव गर्ने प्रतिबद्धता जनाएका थिए। थपलियाले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाए।

(https://teledentistry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?