मकालु एअर दुर्घटना: मुख्यमन्त्री शाही द्वारा शोक व्यक्त !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मकालु एअर दुर्घटना: मुख्यमन्त्री शाही द्वारा शोक व्यक्त !

सारांश

  • सुर्खेत, २ जेठ ।
  • सुर्खेतबाट हुम्ला जाँदै गर्दा बुधवार विहान भएकाे  मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री  महेन्द्रवहादुर शाहीले दुख व्यक्त गरेका छन ।
  • मुख्यमन्त्री शाहीले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन ।

सुर्खेत, २ जेठ । सुर्खेतबाट हुम्ला जाँदै गर्दा बुधवार विहान भएकाे  मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री  महेन्द्रवहादुर शाहीले दुख व्यक्त गरेका छन ।

मुख्यमन्त्री शाहीले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन ।

शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन ।

कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुसंग आवश्यक समन्वय गरी दुर्घटना न्युनिकरणको पहल गर्ने प्रतिवद्धता समेत गरेकाे शोक वक्तव्य भनिएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?