वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ : नेता खनाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ : नेता खनाल

सारांश

  • काठमाडौँ, ६ फागुन ।
  • नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताएका छन् ।
  • रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिए ।

काठमाडौँ, ६ फागुन । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिए । छलफल तथा सहकार्यबाट नै गठन भएको सरकारले केही दिनभित्रै पूर्णता पाउने उनले बताए ।

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले जनताको चाहना एकता नै भएकाले त्यसबाट कोही पनि फर्कन नसक्ने बताउँदै वाम एकताका लागि दुबै पार्टीका नेता व्यवस्थापनमा समस्या नरहेको बताए ।

नेपाली काँग्रेसका नेता कल्याण गुरुङले मुलुकमा सरकारको स्थायित्वको खाँचो औँल्याउँदै आफ्नो पार्टीले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताए ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषयमा वर्तमान गठबन्धनको सरकार सकारात्मक भए आफूहरु पनि सरकारमा सहभागी हुने जानकारी दिए ।

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकारमा जाने विषय आफूहरुको प्राथमिकतामा नरहेको बताउँदै कुन स्वरुपमा संविधान संशोधनको विषय अगाडि बढ्छ त्यसका आधारमा सरकारलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?