वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने

सारांश

  • काठमाडौँ, १२ कात्तिक   वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ ।
  • वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न लागेको हो ।
  • तालीम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो ।

काठमाडौँ, १२ कात्तिक   वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न लागेको हो ।

तालीम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो ।

तालीमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ÷गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालीम दिइने उहाँले जानकारी दिनुभयो ।

बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल, फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोेल्डिङ र हाउस पेन्टिङ, ‘कुक’, वेटर÷वेटर, हाउसकिपिङ र कफि मेकर, टेलरिङ, गार्मेन्ट, सुरक्षा गार्डका लागि आशयपत्र माग गरेको छ ।

यसमध्ये मेशन, सटरिङ कार्पेन्टर र गार्मेन्ट, टेलरिङमा एक हजार ५०० जनासम्मका लागि आवासीय तालीम दिइने लक्ष्य राखिएको छ । तालीम लिएकाले विदेश गएपछि ा बढी तलब पाउने तथा स्वदशै पनि स्वरोजगार बन्नसक्ने अपेक्षा लिइएको छ ।

निर्देशक काफ्लेले आशयपत्र दिएकामध्येबाट पहिलो चरणमा केहीलाई सूचीकृत गरी त्यहीमध्येबाट बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेका लागि यो उत्तम अवसर भएकाले विदेशमा जान चाहनेलाई तालीममा सहभागी हुन उहाँको आग्रह छ ।

सकेसम्म सातै प्रदेशमा त्यस्ता तालीम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उहाँको भनाइ छ । अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन् । यो तालीमपश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालीमप्राप्त गर्ने रोजगारीमा जानेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा
काम गरौँ, चुनावको चिन्ता नगरौँ : महामन्त्री शर्मा
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि
प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने !
सरकारले दोहोरो कर लिनेलाई कारवाही गर्ने
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता

तपाईंले छुटाउनुभयो कि?