‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
सारांश
- काठमाडौं ।
- कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै स्विकार गरेको भन्दै दिलिपसिंह विष्टको भिडियो निकै भाइरल बनेको थियो ।
- आखिरमा त्यो भिडियोमा आफूले बोलेको कुरालाई गलत सावित गर्दै प्रहरीले घटनालाई जबर्जस्ती स्विकार गर्न लगाएको भन्ने विष्टले बयान दिएका छन् ।
काठमाडौं । कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै स्विकार गरेको भन्दै दिलिपसिंह विष्टको भिडियो निकै भाइरल बनेको थियो ।
आखिरमा त्यो भिडियोमा आफूले बोलेको कुरालाई गलत सावित गर्दै प्रहरीले घटनालाई जबर्जस्ती स्विकार गर्न लगाएको भन्ने विष्टले बयान दिएका छन् ।
सरकारको उच्च स्तरीय छानबिन समितिसँग बिष्टले आफूले प्रहरीले जर्बजस्ती स्विकार गर्न लगाएको बयान दिएका छन् । विष्टले सार्वजनिक भएको भिडियोमा निर्मलाको बलात्कार आफैले गरेको बताएका थियो । त्यो प्रहरीको दबाबका कारण भन्न वाध्य भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
उनले भनेका छन्, ‘हिरासतमा राखेर पानी पट्टी लगाएर चरम यातना दिएर यो घटना मैले नै गराएको भन्न वाध्य पारियो । यो घटनामा मेरो कुनै संलग्नता छैन । म निर्दोष छु ।’

प्रतिक्रिया