प्रमोद खरेलको ‘पागल बनायो’ म्युजिक भिडियो सार्वजनिक
सारांश
- काठमाडौं ।
- कमल अधिकारीको सांगितिक धुनमा गायक प्रमोद खरेलको स्वरले सजिएको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
- प्रमोद भण्डारीले रचना गरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियोमा ठमेल बजार, सुन साईली जस्ता लोकप्रिय गीतलाई संगीत संयोजन गरेका रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।
काठमाडौं । कमल अधिकारीको सांगितिक धुनमा गायक प्रमोद खरेलको स्वरले सजिएको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रमोद भण्डारीले रचना गरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियोमा ठमेल बजार, सुन साईली जस्ता लोकप्रिय गीतलाई संगीत संयोजन गरेका रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।
गायक प्रमोद खरेलले यसअघि गाएका ‘म बिना पोखरामा’, ‘ओई झुमा’, ‘चल बतास चल’ जस्ता गीतहरु अहिले पनि चर्चामा छन् ।
त्यसैगरी श्रोताको मन छुनेगरी संगीत भर्न खप्पिस संगीतकार अधिकारीले संगीत भरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो पनि श्रोता–दर्शकले मन पराउने आशा गरेको रचनाकार प्रमोद भण्डारीले बताएका छन् ।
रिस्ता बस्नेत र नविनराज रेग्मीले अभिनय गरेको यस गीतमा किरण नेपालीले निर्देशन गरेका छन् भने श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ । दीक्षा इन्टरनेशलन प्रा.लिमार्फत उक्त म्युजिक भिडियो बिहीबारदेखि बजारमा आएको गीतकार भण्डारीले बताएका छन् ।
प्रतिक्रिया