छ महिनामा रु चार करोड राजश्व संकलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
छ महिनामा रु चार करोड राजश्व संकलन

सारांश

  • जुम्ला, १४ माघ, करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ ।
  • सानो क्षेत्रमा सेवा कार्यालयले २०७३÷०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो ।
  • जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु १७ लाख ३१ हजार ९८०, ब्याजकरबाट रु एक लाख २४ हजार ३८, मूल्य अभिवृद्धि करबाट रु ९५ लाख ११ हजार ४०५, अन्तः शुल्कबाट रु २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क रु ७१ हजार ८७७ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

जुम्ला, १४ माघ, करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ ।

सानो क्षेत्रमा सेवा कार्यालयले २०७३÷०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु १७ लाख ३१ हजार ९८०, ब्याजकरबाट रु एक लाख २४ हजार ३८, मूल्य अभिवृद्धि करबाट रु ९५ लाख ११ हजार ४०५, अन्तः शुल्कबाट रु २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क रु ७१ हजार ८७७ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

यस वर्षको लक्ष्य जुम्लाबाट रु आठ करोड ४२ लाख सात हजार रहेको छ । “लक्ष्यभन्दा बढी कर उठ्ने आशा गरेका छौँ,” कर अधिकृत खत्रीले भन्नुभयो । उहाँका अनुसार छ महिनामा राखेको लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ । चालु आवको कात्तिक महिनामा मात्र रु४२ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आवमा कार्यालयले रु छ करोड ५४ लाख राजश्व उठाएको थियो ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?