प्रहरीले गर्यो क्रसर उधोगहरु बन्द !
सारांश
- हेटौडा, ६ जेठ।
- बिगत दुइ बर्षदेखी नवीकरण नगरिकन चलाइएका मकवानपुरका क्रसर उधोगहरु प्रहरीको सक्रियतामा बन्द गरिएको छ।
- क्रसर संचालनमा जिल्ला समन्वय समिति र स्थानीय प्रशासनको मिलोमतोमा संचालन भैरहेको भन्ने आरोप लाग्दै आएको थियो।
हेटौडा, ६ जेठ। बिगत दुइ बर्षदेखी नवीकरण नगरिकन चलाइएका मकवानपुरका क्रसर उधोगहरु प्रहरीको सक्रियतामा बन्द गरिएको छ।
क्रसर संचालनमा जिल्ला समन्वय समिति र स्थानीय प्रशासनको मिलोमतोमा संचालन भैरहेको भन्ने आरोप लाग्दै आएको थियो। कुनै पनि उद्योग ,कलकारखाना संचालन गर्न कम्पनि दर्ता लगायत बेला बेलामा नवीकरण गर्न जरुरि छ। दुइ बर्ष देखि नबिकरण बिनै क्रसरहरु चलिरहेको र बिधुत महशुल समेत नतिरी चलाइरहेको पाइएकोले प्राधिकरण लगायत स्थानीय तहसँग समन्वय गरि क्रसर बन्द गरिएको मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए।
बिना नबिकरण क्रसर संचालन भैरहेको भन्ने व्यापक जनगुनासो आएपछि क्रसर उद्योगहरुमा आवश्यक कागजात मागिएको र नवीकरण नगरी चलाउदा गैरकानुनी हुने भएकोले नवीकरण गरेर मात्र चलाउन निर्देशन दिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए।
बन्द क्रसर उद्योगहरुलाई उद्योगको मापदण्ड लगायत अन्य कागजपत्र ल्याउनको लागि एक हप्ताको समय दिइएको छ। यो संगै हेटौडाको मयुरधाप ,हटिया र बकैयाको हात्तिसुड़ेमा भएको मापदण्ड पुरा नगरेका बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग पनि बन्द भएको छ।
स्थानीय निकायसंगको सहकार्यमा नै मापदण्ड पुरा नगरेका सम्पूर्ण क्रसर र बालुवा उद्योग बन्द गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए। खोला उत्खननको बिषयमा पहिला देखि नै बिबाद भएपछि स्थलगत अनुगमन समिति नै बनाइ समितिले नविकरण नभएका क्रसर उद्योगहरु बन्द गर्नु पर्ने ,क्रसर उद्योगमा थुपारिएका ढुंगा, गिट्टी ,बालुवा जफत गर्नु पर्ने ,क्रसर उद्योगहरुमा नदिजन्य सामाग्रीहरु लैजान नपाउने भनेर प्रतिबेदन स्थानीय प्रशासनलाई दिएको थियो।
क्रसरको बिषयमा के गर्ने भन्ने स्थानीय निकायसंग समन्वय गरि काम गर्न प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताए। यता क्रसर व्यवसायीहरुले भने प्रहरीको निर्देशन पछि उधोग बन्द गरिएको बताए।
Biwas Tiwari
Pandey Mahendra
Baba Ko Choro Sailo
Good
Surendra Kc
Daju ramro kaam ko suruwat.
Kamal Singh Dhami
Nice work
Mukhya Gurung
Udyog banda garera bikas? ?? Baru bebastith garnuna.
Karan Thami
Sahi thauma banda garnu parxa. Example morangko letangma jasto