दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिकलाई फर्काइयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काएको छ ।
  • भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए ।
  • स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ र्पुयाएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काएको छ । भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए ।

स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ र्पुयाएका थिए । उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए ।

तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ । उच्च स्रोतका अनुसार पेन्पा नेपाल आएको थाहा पाएलगत्तै चिनियाँ पक्षले उनलाई पक्रेर बुझाउनुपर्ने आशयको ‘सन्देश’ गृहमा पठाएको थियो । अमेरिकी राहदानीबाहक पेन्पालाई पक्राउ गर्दा अमेरिकाले आपत्ति जनाउने र यो कूटनीतिक विवादको विषय बन्ने भएपछि गृह मन्त्रालयले उनलाई फर्काउने नीति अख्तियार गरेको थियो ।

अध्यागमन स्रोतका अनुसार पेन्पाले आफू काठमाडौंमा पुराना साथी भेट्न आएको अध्यागमन अधिकारीलाई बताएका थिए । प्रहरी स्रोतले भने काठमाडौंको कपनलगायतका केही स्थानमा फ्रि तिब्बतसम्बन्धी कार्यक्रम हुन लागेको र त्यसमा पेन्पा सहभागी हुन आएको आशंका गरेको छ ।

सामान्यतया इन्ट्री रिफ्युज गर्दा प्रवेश नदिनुको कारण खुलाई पत्र दिएर जुन देशबाट आएको हो, सोही देश फर्काउने नियम छ । पेन्पाको घटना संवेदनशील रहेको भन्दै उनलाई आफ्नै देश वा भारत फर्कन विकल्प दिइएको थियो । पेन्पालाई सकेसम्म उनकै देश फर्काउन सरकारी अधिकारीले पहल गरेका थिए । स्रोतले भन्यो, ‘पेन्पाले टिकट नकाटे गृहले टिकट काटेर फर्काउनेसम्मको कुरा भएको थियो ।’ पेन्पाले अमेरिका फर्किने गरी सोही दिनको कतार एयरवेजको टिकट काटेपछि यो घटनालाई सामसुम पारिएको थियो ।

गृह स्रोतका अनुसार पेन्पालाई चीनले सर्वा्धिक खोजी सूचीमा राखेको र उनको नेपाल आगमन चिनियाँ चासोको विषय भएकाले प्रवेश अनुमति नदिएको हो । पेन्पालाई नेपालमा प्रवेश गर्न नदिइएको विषय उल्लेख गर्दै तिब्बत सन डटकम नामक अनलाइन पोर्टलले दलाईका वास्तविक प्रतिनिधि पेन्पा भारतको धर्मशालामा रहेको जनाएको छ । उक्त अनलाइनमा दलाईका प्रतिनिधि पेन्पाले ‘चीनको दबाबमा आफनै नामका अर्कै व्यक्तिलाई नेपालले फिर्ता पठाएको’ बताएका छन् ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पेन्पालाई नेपाल प्रवेश गर्न नदिएर फर्काइएको विषयमा जानकारी नभएको बताए । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पनि पेन्पाको विषयमा आफूलाई थाहा नभएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
’भुलवश’ युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो, राष्ट्रपतिले भने ’अक्षम्य गल्ती’
वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन
वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
गर्मीमा देखिन्छन् यस्ता समस्याहरु
गर्मीमा देखिन्छन् यस्ता समस्याहरु
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
चुनावी भिडन्तमा हात छिनिएको रिस फेर्न परिषद् बैठकमै हमला
चुनावी भिडन्तमा हात छिनिएको रिस फेर्न परिषद् बैठकमै हमला

तपाईंले छुटाउनुभयो कि?