विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

सारांश

  • काठमाडौँ ।
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
  • गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण  (फोटोफिचर)
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
महायज्ञमा रु डेढ करोड सङ्कलन
महायज्ञमा रु डेढ करोड सङ्कलन
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
नेकपाका अध्यक्ष प्रचण्ड आज भारत जाँदै
काठमाडौँमा भूकम्पको धक्का महशुष
काठमाडौँमा भूकम्पको धक्का महशुष
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा

तपाईंले छुटाउनुभयो कि?