प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद
सारांश
- काठमाडाै, २८ जेठ ।
- प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद गरेकाे छ ।
- दुई राउण्ड गोली र पेस्तोल बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ।
काठमाडाै, २८ जेठ । प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद गरेकाे छ ।
दुई राउण्ड गोली र पेस्तोल बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ। पैतालामा एउटा गोली लागेका लामालाई वीर अस्पतालमा भर्ना गरिएको छ।
ललितपुरको युनपार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।
अशोक लामा को हुन् ?
करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन्। यसअघि उनले २ जनाको हत्या प्रयास गरेका थिए। जसमा पक्राउ परी उनी छुटेका हुन्।
सार्वजनिक अपराध मुद्दामा पनि पटक पटक पक्राउ परेका थिए। काभ्रेली समूहनिकट व्यक्ति हुन्। ललितपुरका व्यवसायीहरुलाई उनले धम्काएर पैसा उठाउने गरी उजुरी आएको एसएसपी सिंहले बताए।
उनी पछिल्लो समय दावा लामासँग मिलेर जुवा खेलाउने व्यक्ति समेत भएको प्रहरी अधिकारीहरु बताउँछन्।
ललितपुरका व्यवसायीहरुले उनीविरुद्ध उजुरी गरेका थिए। सोही आधारमा प्ररहीले उनको खोजी गरेको थियो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै पेस्तोल देखाएर आक्रमणको प्रयास गरेर भाग्न खोजेकोले गाेलि चलाएकाे प्रहरीले जनाएको छ।
उनीमाथि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाउने भएको छ।
Kbdhakal Love
ati ramro kaam
Phanindra Paudel
मार्नै पर्थ्यो
George Jung
Naram ro kam