अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

सारांश

  • बेँसीशहर, लमजुङ, २१ वैशाख , विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो ।
  • पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले मनाङबाट मुस्ताङ पुग्न पदमार्गमा पर्यटक आवागमन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

बेँसीशहर, लमजुङ, २१ वैशाख , विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो ।
पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले मनाङबाट मुस्ताङ पुग्न पदमार्गमा पर्यटक आवागमन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जिप्रका मुस्ताङको आग्रहमा मनाङतर्फको मार्ग पर्यटकलाई रोक लगाउन लागिएको हो ।
प्रशासन कार्यालय मनाङका अनुसार वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिनेछ । मनाङबाट थोरङ्ला भञ्ज्याङ जाने पर्यटकलाई रोक लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई निर्देशन दिइएको निमित्त प्रजिअ जयराम भण्डारीले जानकारी दिनुभयो ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक लमजुङ हुँदै मनाङ पुग्छन् । पर्यटक मनाङ पुगिसकेको भए पनि निषेध अवधिमा मुस्ताङ प्रवेश गर्न नपाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
सभामुखमा ओली गुटकै सानु श्रेष्ठ निर्विरोध
सभामुखमा ओली गुटकै सानु श्रेष्ठ निर्विरोध
खसी बोका खरीद बिक्री केन्द्र स्थापना
खसी बोका खरीद बिक्री केन्द्र स्थापना
मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान र सहयोग
मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान र सहयोग