आलियाको अग्निपरिक्षा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आलियाको अग्निपरिक्षा

सारांश

  • मुम्बई,पुस १७ ।
  • बलिउड अभिनेत्री आलिया भट्टले फिल्म छनोट र अभिनयमा ध्यान दिइरहेकी छन्।
  • उनले ‘हाईवे’, ‘गल्ली ब्वाई’ र ‘राजी’ जस्ता फिल्महरूमा उत्कृष्ट काम गरेर आफ्नो अभिनय क्षमतालाई प्रमाणित गरी सकेकी छन्।

मुम्बई,पुस १७ ।बलिउड अभिनेत्री आलिया भट्टले फिल्म छनोट र अभिनयमा ध्यान दिइरहेकी छन्। उनले ‘हाईवे’, ‘गल्ली ब्वाई’ र ‘राजी’ जस्ता फिल्महरूमा उत्कृष्ट काम गरेर आफ्नो अभिनय क्षमतालाई प्रमाणित गरी सकेकी छन्।

यस वर्ष उनी अभिनित चार वटा फिल्महरू रिलिज हुँदैछन्। उनी अभिनित सञ्जय लिला भन्सालीको ‘गंगुबाई काठियावाडी’, महेश भट्टको ‘सडक–२’, आयन मुखर्जीको ‘ब्रह्मास्त्र’ र एसएस राजामौलीको ‘आरआरआर’ रिलिज हुँदैछन्।

हालै एक अन्तर्वार्तामा उनले यो वर्ष उनको अभिनय करिअरको निम्ति विशेष रहेको बताएकी थिइन्। यस वर्ष रिलिज हुने उनका चार वटा फिल्महरूलाई दर्शकले मनपराउने दाबी उनले गरेकी छन्। ‘यस वर्ष मैले अभिनय गरेका चार वटा फिल्महरू रिलिज हुँदैछन्।

वर्षमा दुई वटासम्म फिल्म रिलिज हुँदा राम्रो हुन्थ्यो। यस वर्ष चार वटा फिल्म रिलिज हुँदैछन्,’ उनले भनिन्, ‘चार वटा फिल्मलाई दर्शकले विशेष स्थान दिनेमा आशावादी छु।’

सञ्जय लिला भन्सालीसँग काम गर्दाको अनुभवबारे उनले नौ वर्षको उमेरदेखिको सपना पूरा भएको बताइन्। उनले एसएस राजामौलीको ‘आरआरआर’ फिल्मपनि विशेष रहेको दाबी गरिन्।

केही समयअघि पाकिस्तानी अभिनेत्री मेहविश हयातले पाकिस्तानी गीतको प्रतिलिपि बलिउडले चोरेको आरोप लगाएपछि उनी विवादमा तानिएकी थिइन्। उनले डेब्यु गरेको ‘पर्दा’ गीत पाकिस्तानी एल्बम ‘भाइटल सिन्स’ को ‘गोरे रंगका जमाना’ सँग हुबहु मिलेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए।एजेन्सी

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?