भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
सारांश
- मुम्बइ।
- बलिउड अभिनेता अजय देवगानलाई महँगो गाडीको शोख छ।
- उनको ग्यारेजमा पहिल्यै ल्यान्ड रोभर, मिनी कुपर, बीएमडब्लु जेड फोर लगायतका महँगा गाडीले गाडीप्रतिको उनको शोखलाई दर्साउँछ।
मुम्बइ। बलिउड अभिनेता अजय देवगानलाई महँगो गाडीको शोख छ। उनको ग्यारेजमा पहिल्यै ल्यान्ड रोभर, मिनी कुपर, बीएमडब्लु जेड फोर लगायतका महँगा गाडीले गाडीप्रतिको उनको शोखलाई दर्साउँछ। यतिधेरै गाडी हुँदा हुँदै पनि अभिनेता देवगनले हालै भारतमा बिक्री हुने सबैभन्दा महँगो कार किनेका छन्।देवगनले हालै भारतमा बिक्रीहुने मध्येको सबैभन्दा महँगो एसयुभी कार खरिद गरेका हुन्। उनले रोल्स रोयल्स कलिनान ९आरआरसी०लाई आफ्नो परिवारको सदस्य बनाएका हुन्। एक वेवसाइटका अनुसार अजयले केही महिना अगाडि यो कार बुक गरेका हुन्।
उनलाई यो कार कति मन परेको थियो भन्ने कुरा उनले लामो समय गरेको प्रतीक्षाले देखाउँछ। कम्पनीको वेवसाइटमा यो कारको मूल्य ७ करोड भारतीय रुपैयाँ राखिएको छ। यो यसको सुरुवाति मूल्य हो। यसमा सुविधा थप्ने हो भने यो अझै महँगो बन्न जान्छ।रोल्स रोयल्स ग्राहकको आवश्यकता हेरेर कार बनाउने कम्पनी हो। त्यसकारण कार बुक गरेपछि उपलब्ध हुन केसी समय लाग्दछ। आफ्नो नयाँ कारलाई लिएर अजयको पनि यस्तो चाहना छ कि उनले लामो समय त्यसको प्रतीक्षा गरेका छन्। कम्पनीले हालै उनलाई सो कार उपलब्ध गराएको छ।भारतमा यो कार अजयभन्दा पहिला व्यवसायी मुकेश अम्बानीले चढ्दै आएका छन्। मुकेश र अजयका अलावा यो कार टी सिरिजका मालिक भूषणकुमारले पनि लिएका छन्।
प्रतिक्रिया