प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
सारांश
- गौशाला, २९ साउन ।
- सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
- उनीसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर भएका छन् ।
गौशाला, २९ साउन । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।उनीसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर भएका छन् । उनीहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर भएका स्रेस्तेदार रामानन्द अधिकारीले बताए ।
महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।
उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका िथए । आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने भएको उनीहरुको वकिल रमेश पाण्डेले बताए ।यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका थिए भने उनीलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।
प्रतिक्रिया