सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत

सारांश

  • चैत ५, काठमाण्डौ ।
  • वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सिके राउसँगको सहमति महत्वपूर्ण भएको बताएका छन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री बस्नेतले सहमतिको उपलब्धि कति हुन्छ भन्ने कुरा आगामी दिनले देखाउने भए पनि तत्कालका लागि महत्वपूर्ण सहमति भएको बताएका हुन् ।

चैत ५, काठमाण्डौ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सिके राउसँगको सहमति महत्वपूर्ण भएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री बस्नेतले सहमतिको उपलब्धि कति हुन्छ भन्ने कुरा आगामी दिनले देखाउने भए पनि तत्कालका लागि महत्वपूर्ण सहमति भएको बताएका हुन् ।

राउतलाई नेकपामा भित्र्याउने सहमति भने नभएको बस्नेतले स्पष्ट पारे । “पार्टी प्रवेशबारे मलाई जानकारी छैन । मैले बुझेसम्म त्यस्तो सहमति भएको छैन ।” बस्नेतले भने ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संविधानको परिधिविपरित क्रियाकलाप गरेकाले प्रतिबन्ध लगाइएको बस्नेतले बताए ।

मन्त्री बस्नतेले वन जंगलको संरक्षण गर्दै उचित प्रयोगको नीति बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनभित्रै मन्त्रालयले एक वर्षमा गरेका कामहरुको समिक्षा सार्वजनिक गरिने मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?