विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • जनकपुरधाममा आयोजना भएको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ ।
  • महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ ।

काठमाडौं, २५ मंसिर । जनकपुरधाममा आयोजना भएको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ । भोलि छैठौं दिन राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।

भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा हुनुहुन्छ । हिजो सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात भार लिएर राम मन्दिरमा लगिएको थियो । तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो हो ।

तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइदँैछ । विवाह पञ्चमीमा सहभागि हुन भोलि विहारका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै छन् ।

सोही अवसरमा प्रदेश २ मा आज र भोली सार्वजनिक बिदा दिइएको छ । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान गरेसँगै सरकारले त्यहाँका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?