विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम

सारांश

  • काठमाडौ ।
  •   विश्व हिन्दु युवा संघको आयोजनामा काठमाडौमा समसामयिक विषयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको चुनावी एजेण्डाका विषयमा अन्तक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
  • विश्व हिन्दु युवा महासंघ काठमाडौ शाखाको आयोजनाका धुम्बराहीस्थित एसआर ब्याङक्वटमा कार्याक्रमको आयोजना गरिएको थियो ।

काठमाडौ ।  विश्व हिन्दु युवा संघको आयोजनामा काठमाडौमा समसामयिक विषयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको चुनावी एजेण्डाका विषयमा अन्तक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । विश्व हिन्दु युवा महासंघ काठमाडौ शाखाको आयोजनाका धुम्बराहीस्थित एसआर ब्याङक्वटमा कार्याक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा काठमाडौ क्षेत्र न ५ बाट नोपली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल प्रदेश क का उम्म्मेदवार भैरब सापकोटा प्रदेश ख का उम्मेदवार श्यामबहादुर खड्का र राप्रपाका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेतीको सहभागिता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेपाली काग्रेसका उम्मेदवार प्रदिप पौडेलले युवाहरुलाई स्वदेशमा नै दक्ष बनाइ शिपमुलन क्षेत्रमा व्यवस्थापन गर्नु पर्ने बताए । दैनिक हजारौको संख्याका युवा जनशक्तिहरु विदेशीने क्रमलाई रोक्नको लागि युवाहरुलाई स्वदेशमा नै शिपमुलक र ब्यावसायीमुलक क्षेत्रमा स्थापित गराउने आफनो चुनावी इजेण्डा समेत रहेको उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा राप्रपाका उम्मेदवार रामप्रसाद उप्रेतीले नेपालका प्रमुख राजनीतिक दलहरुले देशको बारेमा चिन्ता नदेखाएको तथा मुलुक धरासायी बन्दै गएको उल्लेख गरे । कार्यक्रममा विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष रामचन्द्र अधिकारीले नेपालको धार्मिक सहिष्णुतामा दलहरुले हेलचेक्राइ गरेको आरोप लगाए । नेपाल एउटा हिन्दु राष्ट भएको र हिन्दु धर्मलाई हरेक क्षेत्रबाट प्रहार भइरहेको उल्लेख गरे । धर्म निरपेक्षताले मुलुक्लाइ इसाइकरण गर्ने प्रपनच रचिएको अधिकारीको भनाइ थियो ।
कार्यक्रममा विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेशजंग शाहले नेपालको मौलिकता बचाउन विभिन्न दलका नेतालाई आग्रह गरे । शाहले नेपालको मौलिकतालाई लत्याएर विदेशी मौलिकता ल्याउन खोजेको भन्दै स्वदेशमा नै भएका श्रोत र साधनको सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका उम्मेदवार इश्वर पोखरेल काग्रेसका उम्मेदवार प्रदिप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामप्रसाद उप्रेती, , हाम्रो नेपाली पार्टीका उम्मेदवार मधुसुदन पाठक, नेपालका लागि नेपाली पार्टीका उम्मेदवार सागर खड्का,  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रणय सम्शेर राणा, स्वतन्त्र उम्मेदवार सुसान्त श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रञ्जु नेउपाने (दर्शना) लगायतको सहभागिता रहने भनियता पनि काग्रेसका प्रदिप पौडेल र राप्रपाका रामप्रसाद उप्रेती बाहेक अरु कुनै उम्मेदवार कार्यक्रममा सहभागी भएनन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    gate.io

    I may need your help. I’ve been doing research on gate io recently, and I’ve tried a lot of different things. Later, I read your article, and I think your way of writing has given me some innovative ideas, thank you very much.

    Comment Author

    100 USDT

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?