उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
१७ पटक हेरिएको
Shares
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

सारांश

  • रसुवा, २ वैशाख ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
  • रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गर्नुभयो ।

रसुवा, २ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गर्नुभयो । गोसाइँकुण्ड गाउँपालिका– १ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाट क्षमताको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराउनुभएको थियो ।

उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष कर्णेल तामाङलगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । यस्तै उपराष्ट्रपतिले आजै गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी र निर्माणाधीन एकीकृत भन्सार कार्यालयको पनि स्थलगत निरीक्षण गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?