दरवारमार्ग बलात्कार काण्ड: अाठ महिनापछि अाराेपिले गरे आत्मसमर्पण !
सारांश
- काठमाडाै, १८ असाेज ।
- दरवारमार्गमा ७ माघ ०७४ मा भएको सामुहिक बलात्कार काण्डका एक आरोपीले बुधबार साँझ प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
- दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सो सामुहिक बलात्कार काण्डका एक आरोपी विकास गौतमले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
काठमाडाै, १८ असाेज । दरवारमार्गमा ७ माघ ०७४ मा भएको सामुहिक बलात्कार काण्डका एक आरोपीले बुधबार साँझ प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सो सामुहिक बलात्कार काण्डका एक आरोपी विकास गौतमले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
पूर्व योजना अनुसार शैलेस कार्की कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रबी पौडेलले एक १८ वर्षे युवतीको माघ ७ को राती सामुहिक बलात्कार गरेका थिए। घटनाका अन्य अभियुक्त दीपक श्रेष्ठ र रबि पौडेल फरार रहेपनि गौतमले आत्मसमर्पण गरेका हुन्। उनी हेटौँडामा रहेको क श्रेणीको मोतिदान कन्स्ट्रक्सनका संचालक पनि हुन्। पीडित युवतिले प्रहरीमा उजुरी दिएपछि गौतमकै सक्रियतामा मुद्दा दरबारमार्ग वृत्तमै मिलाउन लिखित सहमति भएको थियो।
दोषीहरुलाई पक्राउ गरी कार्वाही गर्नुभन्दा प्रहरीकै मिलेमतोमा घटना साम्य बनाउन खोजिएपछि नेपालखबरले सो प्रयासबारे निरन्तर समाचार प्रकासित गरेको थियो। त्यसपछि बल्ल प्रहरीले दोषीहरुलाई पक्राउ तथा कार्वाहीको प्रक्रिया थालेको थियो। तर, गौतम भने पक्राउ पर्न सकेका थिएनन्। उनलाई गिरफ्तार गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले सक्रियता देखाएपछि उनी आफै प्रहरी समक्ष पुगेर आत्मसमर्पण गरेका हुन्।
प्रतिक्रिया