प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
सारांश
- बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर रिलिज भएको छ ।
- नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ ।
- पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर रिलिज भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ ।
एक बालकले आफ्ना दुई भाई बहिनीका लागि गरेको संघर्ष ट्रेलरमा देखाइएको छ । फिल्मलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । फिल्मले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ।
जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । निर्देशक पाखी फिल्मले संघर्षको क्रममा हौसला जगाउने बताउँछिन् ।
प्रतिक्रिया